१५ बैशाख २०८१, शनिबार
Tags

खनारमा बाँतर समुदायको वृहत कार्यक्रम, यस कारण सुँगुरको बली दिएर मनाउँछन् माघी संक्रान्ति

रणभूमी डेस्क सोमबार, माघ ०२, २०७९

सुनसरी / माघेसंक्रान्ति बाँतर जातीहरु धुमधामका साथ मनाएका छन् । नेपालको विभिन्न स्थानमा बसोबास गर्ने बातर समुदायहरुले माघ १ गते हिन्दु परम्परा अनुसार देशभरी एकैसाथ धुमधामसंग माघे सङक्रान्ति मनाएको छ ।

माघेसंक्रान्तिका दिन बातर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउका पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिऊराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा जगदिस सरदार बाँतरले बताउनुभयो ।

पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सुँगुरको मासु बाड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उहाँले जानउनुभयो । बाँतर जातिका मानिसहरुको इष्टदेव गेड सिंह सरदार हुन् । उनी चमत्कारी थिए जहा“ दुःख हुन्छ । त्यहा“ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलनमा छ । बातर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूज गर्न थालेको अर्का बाँतर जातिका अगुवा डां सत्यनारायाण सरदारको भनाई छ ।

बातरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समय पछि छोपेको कपडा उघारदा त निल गाई ठूलो सु“गुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सुँगुर हत्या भएको पुष्टि भयो र बा“तर जातिलाई पापबाट इष्ट देव गेंड सिंह बाबाले मुक्त गरीदिएको उहाँको भनाई थियो । त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी अषाढ १ गते सुँगुरको बली दिने प्रचलनको सुरुवात भएको हो । सोही दिन गरेको पूजा आजामा आफ्नो घरपरीवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी गेड सिंहको पूजा गरी गर्ने चलन रहेको गैडसिंह बाबा मन्दिर सुनसरी खनाहारका अध्यक्ष जोखन सरदारले बातउनुभयो ।

अध्यक्ष, गैडसिंह बाबा मन्दिर, सुनसरी
बाँतर जातिका धर्म, संस्कृति संरक्षणका लागि इटहरी नगरपालिकाले सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले प्रतिवद्धता व्यत्तगर्नुभयो ।

मेयर, इटहरी नगरपालिका, सुनसरी
बाँतर जातीका अगुवाहरुले जातीय पहिचानका लागि देखाएको उत्तसाह निकै नै सराहनीय रहेको उहाँले प्रशंसा व्यक्तगर्नुभयो । बाँतर जातीका आज माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुष झल्कने सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बाँतर जातकिो धर्म संस्कृति संरक्षण गर्ने तर्फ सकारले ध्यानदिनु आवश्यक छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित