०८ बैशाख २०८१, शनिबार
Tags

कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो माघ १९ देखि २८ सम्म विराटनगरमा हुँदै

रणभूमी डेस्क मंगलबार, माघ ०३, २०७९

विराटनगर / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले अन्तरराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।

आगामी माघ १९ गतेदेखि २८ गते सम्म विराटनगरमा अन्तरराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ शंकरपुर मार्ग विराटनगरमा आयोजना गर्न लागिएको हो ।

मेलामा प्रदेश नं १ सहित देशका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक वस्तुका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी तथा विक्री गरिने आयोजकले जानकारी दिएको छ ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि प्रदर्शन महत्त्वपूर्ण हुने बताइएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय नयाँ लगाानीकर्ता पनि आकर्षित हुने विश्वास आयोजकले लिएको छ । नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत मुलुकबाट समेत प्रदर्शनीमा सहभागिता रहने आयोजकले बताए । प्रदर्शनीमा आधुनिक चारओटा डोम र ३५० स्टल रहनेछन् ।

यहाँ कमेन्ट गर्नुहोस्