१५ बैशाख २०८१, शनिबार
Tags

नारी विकास संघको क्षेत्रीय साधारण सभा विराटनगरमा सम्पन्न

रणभूमी डेस्क बुधबार, माघ ०४, २०७९

विराटनगर / विराटनगरमा नारी विकास संघ क्षेत्रिय कार्यालय विराटनगरको साधारण सभा सम्पन्न भएको छ। नारी विकास संघको क्षेत्रीय कार्यालयकी अध्यक्ष नारायणी जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

उक्त साधारण सभामा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष सीता शर्मा दहाल र विशिष्ठ अतिथीको रुपमा राष्ट्रिय मानव अधिकार आयोगकी सूचना अधिकारी गीता दहाल रहनुभएको थियो ।

संघकी उपसभापति लक्ष्मी पोखरेल र शोभा सापकोटाले संघको प्रगति बारे यसलाई निरन्तरता दिने बताउनुभयो । सभामा ४० जना प्रतिनिधि रहनुभएको थियो ।

उक्त अवसरमा ६ महिना देखि क्यान्सर बाट पिडित नारी विकास संघकी आजीवन सदस्य दुर्गा दहाललाई उपचारको लागि ५८ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको थियो ।

साथै साधारण सभा पश्चात उक्त कार्यक्रममा पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारण गरी ७५ वटा मैनवत्ती बाली श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्