१२ बैशाख २०८१, बुधबार
Tags

दुई संस्थाको सहकार्यमा विद्यार्थीलाई न्यानो कपडा र किताब वितरण

उषा सरदार बुधबार, माघ ११, २०७९

विराटनगर / अम्बे मुरारी सेवा केन्द्रको सक्रियता र मारवाडी युवा मञ्चको सहयोगमा ४५ जना विद्यार्थीलाई स्विटर र किताब वितरण गरेको छ।

धनपालथान ७ मा रहेको नवजीवन आधारभुत बिद्यालयका अति बिपन्न ४५ जना विद्यार्थीहरुलाई स्विटर र किताब वितरण गरेको हो ।

आर्थिक अभाव झेलि रहेका बिपन्न परिवारका विद्यार्थीले पुस्तक अभाव र जाडोको कारण बिद्यालय जानबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले स्विटर र पुस्तक वितरण गरेको अम्बे मुरारी सेवा केन्द्रकि संस्थापक अध्यक्ष भारती उपाध्याय पोखरेलले बताउनु भयो।

अम्बे मुरारी सेवा केन्द्रको महासचिव गंगा प्रसाद यादव , मारवाडी युवा मञ्चको अध्यक्ष जय शर्मा, मञ्चको गोपाल अग्रवाल ,धर्मेन्द्र बोहरा,हर्ष अग्रवाल लगायत धनपालथान ७ का जनप्रतिनिधि र स्कुलको प्राध्यापक र शिक्षकको सहभागितामा उक्त कार्यक्रम समपन्न गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित