१४ बैशाख २०८१, शुक्रबार
Tags

७१औं अन्तराष्ट्रिय भन्सार दिवसमा उत्कृष्ट भन्सार एजेन्टको सम्मानबाट जोशी सम्मानित

रणभूमी डेस्क बिहिबार, माघ १२, २०७९

विराटनगर / विराटनगरका भन्सार एजेन्ट तथा ४ पटक एजेन्ट संघको अध्यक्ष भईसकेका नेपाली कांग्रेसका युवा नेता तथा भन्सार एजेन्ट प्रवीण जोशीलाई ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा उत्कृष्ट भन्सार एजेन्टको सम्मानबाट विराटनगर भन्सार कार्यालय प्रमुख तारा सापकोटाले सम्मानित गर्नुभएको छ ।

विहीवार भन्सार कार्यालयको एकिकृत जाँच चौकी (आईसीपी) मा अन्तराष्ट्रिय भन्सार दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा जोशीलाई सम्मनित गर्नुभएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष हरिबहादुर खत्री, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्याय लगायतले जोशीलाई बधाई ज्ञापन गरेका थिए ।

जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सदस्य छन् । २०५७ सालदेखि विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टको रुपमा कार्यरत जोशी ४ पटक विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष भएर काम गरिसकेका छन् ।

यस्तै कार्यक्रममा भन्सारका कर्मचारीहरु ,अधिकृत प्रेम सुवेदी, कम्प्यूटर अधिकृत अरुण पौडेल, नायब सुब्बा सुदर्शन ढुंगाना र लेकध्वज मादेङवा कर्मचारी चण्डिराज खत्री, उत्तम अधिकारी, यमबहादुर कार्की र भीमप्रसाद घिमिरेलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्