१३ बैशाख २०८१, बिहिबार
Tags

जोगवनी रेल्वे स्टेशनमा विश्राम स्थल र शयन गृह सेवा थप

रणभूमी डेस्क शुक्रबार, माघ १३, २०७९

जोगवनी / भारतीय रेलवेले जोगवनीमा रेल यात्रा गर्ने मानिसहरूका लागि गेस्ट हाउस सुविधा थप गरेको छ ।

नेपाल बाट रेल यात्रा गरी भारतको विभिन्न ठाउँहरू सम्म जाने र रेल यात्रा गरेर फर्किने मानिसहरूको लागि जोगवनी रेलवे स्टेशनमा विश्राम स्थल र शयन गृह सञ्चालनमा ल्याएको हो ।

जोगबनी बजारमा रेलवे स्टेशन नजिक कुनै पनि किसिमको गेस्ट हाउस वा धर्म शाला नभएको हुनाले धेरै बेर सम्म रेल गाडी पर्खिनुपर्ने तथा टाढा बाट यात्रा गरी अबेर रातमा जोगवनी सम्म पुग्ने यात्रुहरुको सुविधाको लागि विश्राम स्थल र शयन गृह सञ्चालनमा ल्याएको जोगवनी रेलवे स्टेशन प्रबंधक ले रणभूमीलाई बताए ।

स्टेसनमा सञ्चालनमा ल्याएको शयन गृहमा बस्नको लागि रु ४०० देखी ६०० रुपैयाँ भारुमा सुविधा अनुसारको सेवा लिन सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्