१४ बैशाख २०८१, शुक्रबार
Tags

नेपाल भारत सिमा बाट एक किलो चरस सहित दुई पक्राउ

Ranbhumi बुधबार, आषाढ १६, २०७८

बिराटनगर / नेपाल भारत खुला सिमाको फ़ायदा उठाउदै चरस तस्करी गर्ने दुई जनालाई भारतको कुसमाहा बाट भारतिय सुरक्षा बलले एक किलो चरस सहित पक्राउ गरेका छन ।

कुशमाहा बीओपी एसएसबी क्याम्प प्रमुख बिरेन्द्र कुमारले बताए अनुसार नेपालको मोरङ्ग जहदा गाउ पालिका १ भुटाहाको बाटो भएर दुई जना चरस बोकी भारत आउदै गरेको गोप्य सुचनाको आधारमा बीओपी बेरिया र पुलिस थाना जोगबनीको सहयोगमा नेपाल भारत सिमा नजिकै भारत बाट एक सेतो कारमा बसी जादै गरेको अवस्थामा पक्राउ गरिएको हो । सुचनाको आधारमा पहिचान गरि चेक जाच गर्दा भारतको जोगबनी महेशवरी नेता चौक बस्ने जितेंद्र साह व सुनील साहले कम्मरमा बाधी लुकाई ल्याएको चरस सहित पक्राउ गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्