१३ बैशाख २०८१, बिहिबार
Tags

कोशी सि.एन.आई एक्सपोको ७०% काम सम्पन्न

रणभूमी डेस्क शनिबार, माघ १४, २०७९

विराटनगर / नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले माघ १९ गतेदेखि २८ गते सम्म आयोजना गर्ने सि एन आई एक्स्पोको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

विराटनगर–२ स्थित शंकरपुरमार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सहितको सि एन आई एक्स्पोको घेरावेरा फिल्ड सरसफाईको काम सम्पन्न भईसकेको हो । सि एन आई एक्स्पो स्थलमा अहिले रोटे पिङ, सौचालय र स्टोल बनाउने काम भइरहेको सि एन आई एक्स्पोका पिल्ड संयोजक पवन पारकले बताउनुभयो ।

एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने उहाँले जनाउनुभयो । एक्स्पोले औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तार गर्ने उदेश्य रहेको नेपाल उद्योग परिसंघ प्रदेश नंः १ उहाँले बताउनुभयो ।

सिएन आई एक्स्पोमा स्वदेशी, तथा विदेशी, मुलुकहरु भारत, चिन, बंगलादेश, पाकिस्तानलगायतका अन्य मुलुकहरुबाट प्रदर्शनीमा सहभागिता रहने जनाउनुभयो । एक्स्पोमा आधुनिक ४ वटा डोम रहने छन्, भने ३ सय ५० भन्दा बढी स्टल रहने छन् ।

यहाँ कमेन्ट गर्नुहोस्