०७ बैशाख २०८१, शुक्रबार
Tags

ईप्रका रानी द्वारा ५ लाख बराबरको तस्करीको अवैध कपडा र सिटी दरैयाबाट बरामद

रणभूमी डेस्क मंगलबार, माघ १७, २०७९

विराटनगर / प्रहरीलाई चुनौती दिँदै तस्करी कार्यमा संलग्न ४ जनालाई विराटनगर १६ स्थित दरैया नाका बाट ईलाका प्रहरी कर्यालय रानीबाट खटेको टोलीले ५ लाख बराबरको सामान तस्करी गरी भारतबाट ल्याएको कपडाहरू सहित पक्राउ गरी नियन्त्रणमा लिएको छ।

भारतको जोगवनीबाट अवैध रुपमा सोमवार राती सवा नौ बजेको समयमा दरैयाको उखुबारी छेउ बाट प्रदेश १-०४-००१ ह. ०१८० नम्बरको सिटिमा सफारीमा बोरामा प्याक गरेको कपडाहरू हाली विराटनगर तर्फ लैजान लागेको बेला ४ जना मानिस सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी अवैध सामान सहित पक्राउ परेका मानिसहरूमा बिराटनगर मनपा-१५ बस्ने बर्ष १८ को सहबाज आलम, सोही ठाउँ बस्ने बर्ष २० की महरिया खातुन, बर्ष ३० की खातुन मिया र सुनसरी जिल्ला बर्जु गा.पा. -३ बस्ने बर्ष ३५ को महेश शाह रहेका छन् ।

पक्राउ परेका सामानहरुको भन्सार दाखिला हुने मूल्य सिटी सफारी सहित रु ४ लाख ९८ हजार ५०० रुपैयाँ मूल्यांकन गरिएको छ ।

मंगलवार विहान बरामद भएको कपडा, सिटी सफारी सहित मानिसहरूलाई समेत भन्सार दाखिला गर्ने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्