०६ बैशाख २०८१, बिहिबार
Tags

सीपीआई का अनुसार भ्रष्टाचारको सुचिमा नेपाल ११० औं स्थानमा

रणभूमी डेस्क बुधबार, माघ १८, २०७९

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२२ सार्वजनिक गरेको छ।

सीपीआईले सार्वजनिक गरेको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सयमा ३४ अङ्क पाएर नेपाल ११० औं स्थानमा परेको छ । एक स्थानमा परेको हो। सन् २०२१ मा नेपाल ३३ अंककासाथ ११७ औं स्थानमा थियो ।

अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरूको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ। भुटान ६८ अंक पाएर २५ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।

यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ। यस्तै १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

न्यू सृष्टि दैनिकबाट

यहाँ कमेन्ट गर्नुहोस्