१४ बैशाख २०८१, शुक्रबार
Tags

रानी भन्सारमा स्थानियहरुको समस्या समाधान गर्न नागरिक समाज गठन

रणभूमी डेस्क शनिबार, माघ २१, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालय स्थानिय माथि हुने ज्यादती विरुद्ध स्थानिय नागरिक समाजको भेला गरी मो. फैयाजको अध्यक्षमा स्थानिय नागरिक समाज रानी’ गठन भएको छ ।

शुक्रवार दिउँसो विराटनगर १५ स्थित चाईना मार्केटमा स्थानियहरु भेला भई नागरिक समाज गठन गरेको हो ।

भन्सार कार्यलय बाट हुने स्थानिय माथिको ज्यादती बिरुध र ढाट :-३ खुलाउनु पर्ने लगायतको समस्या समाधान भ्रस्टाचार बिरुधको आवाजलाई बुलन्द बनाउन भ्रष्टाचारीलाई कारवाही गराउन चोरी तस्करी नियन्त्रण गराउने गरिब निमुखाका लागि लड्ने उद्देश्यले र आन्दोलन परिचालनकाे निम्ति फैयाज राइनको अगुवाईमा समिति गठन भएको छ ।

उक्त नागरिक समाजमा उपाध्यक्ष रुस्तम अन्सारी र कमला श्रेष्ठ, सचिव पदमा बिकास मण्डल र हमिद अजाद रहेका छन् । त्यसै गरी सह सचिव बिजय साह र गुडिया साह, कोषाअध्यक्ष मा इन्दर खेतान र सदस्यहरुमा कृष्ण चन्द चौधरी, लक्ष्मी साह, लालबाबु साह, बलराम मंडल, मो.गुल्जार, रोशन ठकुरी, जैमुन निशा, शिबु श्रेष्ठ, अनिल खतिवडा, सन्जय चौधरी, उम्मेद अन्सारी, मैनुद्दिन अन्सारी, समसुद्दिन अन्सारी, शम्भु साह, दिनेश ठाकुर, रामजी मंडल, अनवर आलम तथा सल्लाहकारहरु बिक्रम तिवारी, रामबिलास साह, निजाम शेख, बिजय मंडल, इन्दिरा ब्रजाचार्य, तुलाचन यादव, बिनय गजुरेल, अब्दुल खान(अबुल) रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित