१३ बैशाख २०८१, बिहिबार
Tags

महेश साह सहितको टोलीले गर्यो प्रमुख जिल्ला अधिकारीलाई स्वागत डिएसपीलाई विदाई

रणभूमी डेस्क सोमबार, माघ २३, २०७९

विराटनगर / सामाजीक कार्यहरूमा सकृय नेपाल सोनार समाज मोरङ्गको जिल्ला अध्यक्ष महेश साह स्वर्णकार सहितको टोलीले मोरङ्गको प्रमुख जिल्ला अधिकारी तीर्थ राज भट्टराईलाई स्वागत गर्नुभएको छ ।

जिल्ला भरीका समस्याहरू समाधान र सहजीकरण गर्नको निम्ति जिल्लाको प्रसाशन प्रमुख सँग सहकार्य आवश्यक रहेको हुनाले साह सहितको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेर भर्खरै आउनु भएका मोरङ्गका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई स्वागत गर्नु भएको हो ।

समन्वय र सहकार्यले समुदायमा धेरै हद कानुनी तथा प्रशासनिक कार्यमा सहजीकरण हुनुका साथै शान्ति सुरक्षा, विपत व्यवस्थापन, कठिन परिस्थितिमा पनि समाधान खोज्न सजिलो हुने हुनाले प्रमुख जिल्ला अधिकारीलाई भेटेर स्वागत गरेको नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश साह स्वर्नाकरले बताउनुभयो ।

उक्त स्वागत भेटघाटमा नेपाल भारत रेल यात्रु सहजीकरण समितिका तथा नेपाल भारत सामाजीक सांस्कृतिक मञ्चको अध्यक्ष राजेश कुमार शर्मा, वैश्य सेवा संघ अध्यक्ष गणेश साह, विराटनगर ६ का निवर्तमान वडा सदस्य सन्तोष साह, राधा पासवान लगाएतको उपस्थिति रहेको थियो ।

त्यसै गरी साहकै अगुवाईमा विराटनगर महानगर पालिका स्थित वडा प्रहरी कार्यालय (क) प्रमुख प्रनाउ दिपेन्द्र पजियार थारु विराटनगरबाट सरुवा भई विपत व्यवस्थापन महाशाखा काठमाण्डौ जाने भएको वहाँको विराटनगर बसाईको आवधिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा कार्यमा कुनै पनि सम्झौता नगरी गरेको कर्तव्य निर्वाहको मूल्यांकन गर्दै फरी भेटौला कार्यक्रम गरी खाँदा माला लगाई विदाई गर्नुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित