०७ बैशाख २०८१, शुक्रबार
Tags

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन माघ २९ गते हुने

रणभूमी डेस्क शुक्रबार, माघ २७, २०७९

विराटनगर / प्रथम प्रादेशिक लघुवित्त सदस्य समिति प्रदेश नंः १ ले प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन माघ २९ गते आयोजना गर्ने भएको छ ।

विराटनगर स्थित प्रथम प्रादेशिक लघुवित्त सदस्य समिति प्रदेश नंः १ का संयोजक संजयकुमार मण्डलले आज पत्रकार सम्मेलनगरी जानकारी गराउनुभएको हो । माघ २९ गते हुने प्रादेशिक लघुवित्त सदस्य सम्मेलन लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिब वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न सम्मेलनको मुख्य उदेश्य रहेको संयोजक मण्डलले बताउनुभयो । सम्मेलनमा प्रदेश नंः १ मा रहेका लघुवित्त संस्था र तिनवटा सहकारी संस्थाहरु आयोजक समितिमा रहेको छ, भने राष्ट्र सहकारी बैंक, राष्ट्र बैंकसंग सहकार्य गरेको उहाँले जनाउनुभयो । लघुवित्त संस्थाले ७७ वटै जिल्लामा ५९ लाख घरपरिवारलाई कर्जा उपल्ब्ध गराएको संयोजक मण्डलले बताउनुभयो ।

लघुवित्त संस्थाले अहिले सम्म उक्त सेवा अन्र्तरगत ४ खर्ब, ५७ अर्ब १८ करोड, ६३ लाख ३६ हजार एक सय ८० रुपैयाँ कर्जा लगानी गरिसकेको उहाँले बताउनुभयो । प्रदेश न. १ भित्र रहेका लघुवित्त संस्थाहरुले १ खरब, ६४ अरब, १९ करोड, ६० लाख ६५ हजार ६ सय रुपैयाँ बचत परिचालन रहेको आयोजकले जनाएको छ । सम्मेलनले लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने उहाँले जनाउनुभयो । महिला तथा जेष्ठनागरीक मन्त्री भगवती चौधरीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको संयोजक मण्डलले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्