०८ बैशाख २०८१, शनिबार
Tags

गर्भवती महिला माथि पुलिसले अभद्र व्यवहार गरेको भनी जोगबनी बजार बन्द गरी विरोध प्रदर्शन

रणभूमी डेस्क शनिबार, माघ २८, २०७९

जोगवनी / विराटनगरको छिमेकी जोगवनी बजारमा स्थानीयले हडताल गरी जोगवनी पुलिस विरुद्ध आन्दोलन थालेका छन् ।

घरमा नुहाइरहेको बेला महिला पुलिस बेगर जोगवनी पुलिस थाना प्रमुख भगतलाल मंडलले एक जना गर्भवती महिलालाई अभद्र व्यहार गरेको भनी उक्त पुलिस लाई कारवाहीको माग गर्दै जोगवनी बासी बजार बन्द आन्दोलनमा उत्रेका हुन ।

अहिले जोगवनी प्रवेश द्वारमा रोहित यादवको नेतृत्वमा टायर बाली धर्नामा बस्दै पुलिस विरुद्ध नाराबाजी भईरहेको छ ।

भिडियो तलको लिंकमा

यहाँ कमेन्ट गर्नुहोस्