१४ बैशाख २०८१, शुक्रबार
Tags

अम्लिसो कुचो भित्रबाट ३ सय ५० किलो गाँजा बरामद, पिकअप गाडी सहित २ जना पक्राउ

रणभूमी डेस्क सोमबार, फाल्गुण ०१, २०७९

सुनसरी / सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो । उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान-१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ ।

गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्