०८ बैशाख २०८१, शनिबार
Tags

रानी नाकामा सीमामा सुन भनी शंका गरिएको पहेंलो रङ्गको धातु निस्कियो शुद्ध तामा

रणभूमी डेस्क मंगलबार, फाल्गुण ०२, २०७९

जोगवनी / एक अज्ञात व्यक्तिले भारत बाट एक थान साढे तीन केजीको पहेंलो धातुको टुक्रा नेपाल ल्याइरहेको बेला रानी नाकामा सशस्त्र सीमा बल एसएसबीको टोलीले फेला पारेको थियाे ।

नेपाल तर्फ आउदै गरेको एक मोटरसाईकललाई एसएसबीको टोलीले चेक जाँचका लागि रोक्न खोज्दा रफ्तारमा रहेको मोटरसाईकल नेपाल तिर छिर्यो तर मोटरसाईकल बाट एक थान धातुको टुक्रा त्यही चेक पोइन्ट मै खस्यो। एसएसबीले धातु फेलापारे पछि केही बेर सुन भेटियो भनी हाँगामा पनि मच्चियो तर त्यो धातु सुन न भएर शुद्ध तामा रहेको कुरा त्यही एसएसबीहरुले सार्वजनिक गरे ।

चेक जाँचको क्रममा तस्करले भगाउन खोजेको मोटरसाईल बाट धातु खसेको हो उक्त धातुको तौल ३.४८९ किलो ग्राम रहेको र धातु शुद्ध तामा भएको एसएसबी जोगबनी प्रमुख पशुपति कुमार सिंहले पुष्टी गरे ।

यहाँ कमेन्ट गर्नुहोस्