०८ बैशाख २०८१, शनिबार
Tags

प्रहरीको भन्दा दोब्बर जनशक्ति खटाई हुन्छ तस्करी, रानी सीमा द्वारा अवैध कपडा बरामद

रणभूमी डेस्क मंगलबार, फाल्गुण ०२, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा गैरकानुनी तरिका बाट भन्सार छली गरी नेपाल ल्याएको ९० थान कुर्ता सुरुवाल को कपडा ईलाका प्रहरी कार्यालय रानी (सीमा) ले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

मंगलवार दिउँसो तस्करीको भईरहेको सुईको पाएको ईप्रका रानी (सीमा) बाट खटेको प्रहरी टोलीले विराटनगर -१२ स्थित मुसहरी वस्ती बाट बोरामा प्याक गरी खेतको बाटो हुँदै लैजाँदै गर्दा बरामद गरेकाे थियाे ।

प्रहरीले कपडा ओसार्ने विलेकियालाई लखेटेपछि विलेकिया कपडाको बोरा छोडेर भाग्न सफल भएको प्रहरी बताउँछन् ।

पक्राउ गरेकाे ९० थान कपडाको बजार मूल्य धेरै भएपनि भन्सार कार्यालयमा मुद्दा दर्ता तथा निलामी प्रक्रियाको लागि रु.१ लाख ३६ हजार पाँच सय रुपैयाँ मूल्यांकन गरिएको छ ।

खुला सीमा भएको रानी एरियामा यसरी हुन्छ तस्करी

रानी एरियामा पर्ने नेपाल भारत सीमामा ठाउँ ठाउँमा भारत तर्फ एसएसबी र नेपाल तर्फ जनपथ प्रहरी र सशस्त्र प्रहरीको चौबिसै घण्टा डियुटी तैनाथ भएपनि विलेकियहरुले प्रहरीको संख्या भन्दा दोब्बर संख्यामा मान्छे खटाई प्रहरीको गतिविधि निगरानी गरिरहेका हुन्छन् । कोही नयाँ मान्छे त्यो ठाउँमा देखा पर्यो भने पनि त्यसको जानकारी विलेकियाहरु सबैलाई थाहा हुन्छ, प्रहरीको जनशक्ति भन्दा दोब्बर जनशक्ति खटाई विकेकियाहरुले सामान ओसार पोसार गर्ने कार्यलाई पूरा गर्छन् ।

अहिले तस्करीमा सक्रिय

विराटनगर भन्सार कार्यालयले गुन्टा झिटी भारीको नियम लागु गरी भन्सार कार्यालयको यात्रु शाखामा कडाई गरेपछि केही केयरिङ गर्ने बिलेकियाहरु विराटनगर -१६ मा पर्ने केसलिया खोला र उखु बारीको जंगलको फायदा उठाउदै तस्करी जन्य कार्यहरु गर्दै आईरहेका छन् । हाल त्यस्तो सक्रिय बिलेकियाहरुमा मिथुन साह र केशव यादवको नाम निकै चर्चामा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्