०८ बैशाख २०८१, शनिबार
Tags

भन्सार छलि विराटनगर लैजाँदै गरेको अवैध कुर्ता सुरुवाल रानी प्रहरी द्धारा पक्राउ

रणभूमी डेस्क बिहिबार, फाल्गुण ०४, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा भन्सार छली नेपाल ल्याएको कुर्था सुरुवालको कपडा ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर जफत गरेकाे छ ।

विहीवार दिउँसो १२:३५ बजेको समयमा को २ ह १६२६ नम्बरको अटोमा झोलामा प्याक गरी विराटनगर तर्फ लादै गरेको अवैध कुर्था सुरुवालको कपडा विराटनगर १३ स्थित मलायारोडको नहर नजिकबाट प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ पारेको अटोबाट ८९ थान कुर्था सुरुवालको पिस बरामद भएको छ ।

प्रहरीले कपडा सहित अटो र चालकलाई समेत नियन्त्रणमा लिई भन्सार दाखिला गर्ने प्रक्रिया अगाडि बढाएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। भन्सार दाखिला गर्न उक्त कपडा अटो सहितको भन्सार मूल्याङकन रु. ५ लाख ३३ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्