०८ बैशाख २०८१, शनिबार
Tags

मिल्स एरिएको मण्ठ पोखरी बाट निस्कियो महाकालको भव्य जन्ती (भिडियो सहित)

रणभूमी डेस्क आइतबार, फाल्गुण ०७, २०७९

विराटनगर / शिवरात्रीको अवसरमा विराटनगर – १५ स्थित मण्ठ पोखरीमा धुमधामका साथ शिवजीको जन्ती झाखि निकालेको छ ।

विराटनगरमा शिव मन्दिरमा सबै भन्दा राम्रो चहल पहल हुने महाभारत कालीन ईतिहास बोकेको मण्ठ पोखरीमा शिवरात्रि र छठ पूजा अवसरमा मात्र नभई बार्है महिना यो मन्दिरमा पूजा पाठ गर्ने श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

सोही क्रममा यस वर्ष पनि मन्दिर समितिले श्रीराम भजन मण्डलीलाई साथमा लिई महाकालको झाखी प्रतुत गरेको छ ।

झाखी को भिडियो तलको लिंकमा क्लिक गरेर हेर्नुहोस् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित