१४ बैशाख २०८१, शुक्रबार
Tags

सीमावर्ती एरिया रानीबाट १५ थान मानव खप्पर सहित एकजना पक्राउ

पवन विक्रम शाह शुक्रबार, फाल्गुण १२, २०७९

विराटनगर / विराटनगर १७ रानी स्थित घरबाट एकजना मानिस मानव कंकाल (खप्पर) सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले १५ थान मानव कंकाल सहित १ जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका मान्छेको अहिले अनुसन्धान चलिरहेकोले परिचय खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता टीका बहादुर कार्कीले बताए ।

विषेश सुचनाको आधारमा घरबाटै पक्राउ परेकालाई आइतबार मात्र म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालयले बताए ।

सिमा क्षेत्रबाट यो भन्दा पहिले पनि दुई पटक मानव कंकाल सहित मान्छे पक्राउ परिसकेका छन् भने यसको प्रयोग कहाँ र किन हुँदै छ भन्ने कुरा खुली सकेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्