१६ चैत्र २०८०, शुक्रबार
Tags

भन्सार छली ल्याएको १५० किलो अवैध जिउँदो माछा नष्ट

रणभूमी डेस्क आइतबार, फाल्गुण १४, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा भन्सार छलि नेपालमा बेच्न ल्याएको करिव १५० किलो जिउँदो मुङ्ग्री माछा सशस्त्र प्रहरीले नष्ट गरेका छन् ।

भारत बाट सुनसरी को बाटो प्रयोग गरी केसलिया मार्ग हुँदै विराटनगर तर्फ एक थान साईकल र एक थान को १५ प ९६८४ नं को पल्सर मोटरसाईकलमा माछा ओसार्ने काम भईरहेको थियो ।

उक्त माछा सशस्त्र प्रहरीले केसालिय रोड अथित रिङरोड को बाटोबाट नियन्त्रणमा लिई
सशस्त्र प्रहरी बल एफओबी पोस्ट बखरीमा ल्याई नष्ट गरेको हो ।

शनिवार स्थानीय मानिसहरू, पशु क्वारेन्टाइन कार्यालय प्रतिनिधि, बिओपी दरहैया प्रमुख एगीन राई र सञ्चारकर्मीको रोहवरमा खाल्डो खनी उक्त माछा खाल्डोमा पुरेर नष्ट गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्