१५ बैशाख २०८१, शनिबार
Tags

राष्ट्रिय सौन्दर्यकर्मी युनियनको महानगरको चौथो समिति सर्वसम्मतिबाट चयन, अध्यक्षमा भली सुब्बा

रणभूमी डेस्क बिहिबार, फाल्गुण १८, २०७९

विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) विराटनगर महानगरमा सर्वसम्मति बाट नयाँ समिति चयन भएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नवुन) सौन्दर्यकर्मीहरूको हक हितको लागि संघर्ष गर्ने संस्था हो । सो संस्थाको विराटनगरको चौथो अधिवेशनको अवसरमा विराटनगर महानगर पालिकामा ब्युटी पार्लर सञ्चालन गरी सौन्दर्यकर्मीको रुपमा काम गर्दै आईरहनुभएकी सौन्दर्यकर्मी भली सुब्बा गुरुङ्गको अध्यक्षतामा नयाँ समिति सर्वसम्मतिबाट चयन भएको हो ।

भर्खरै चयन भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को महानगर समितिको उपाध्यक्ष पदमा सरिता राई, सचिव पदमा बसन्ती कुमारी गुरुङ, साह सचिवमा सकुन्तला भगत र कोषाध्यक्ष पदमा सञ्जु साह रहेकी छिन् ।

त्यसै गरी सदस्य हरुमा श्रृजना लिम्बु, पुनम पोद्दार, अनुमपमा पोद्दार, रञ्जु नायक, दीपा बस्नेत र यसोदा थापा रहेकी छिन् ।

सोही अवसरमा दुई जना सञ्चारकर्मी सहित सात जनालाई सम्मनित समेत गरिएको छ ।

उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नवुन)का केन्द्रीय उपाध्यक्ष ललिता धिमाल, केन्द्रीय सदस्य गंगा तामाङ्ग, प्रदेश ईन्चार्ज सायदा तमसुम, सचिव कला डाँगी र महानगर कमिटी कोषाध्यक्ष मन्दिरा भट्टराई सम्मानित भएकी छिन् भने सञ्चारकर्मीमा प्रेम देवान र अनिल श्रेष्ठलाई समेत सम्मानित गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्