०६ बैशाख २०८१, बिहिबार
Tags

राष्ट्रियपति पदको उम्मेदवार रामचन्द्र पौडेल सँग राजेश गुप्ताको भेटघाट तथा परामर्श

रणभूमी डेस्क बिहिबार, फाल्गुण १८, २०७९

काठमाण्डौ /नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रियपति पदको उम्मेदवार रामचन्द्र पौडेल सँग राजेश गुप्ताले भेटघाट गरी परामर्श गरेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष तथा लोकप्रिय युवा नेता राजेश गुप्ताले वरिष्ठ नेता राष्ट्रियपति पदको उम्मेदवार रामचन्द्र पौडेल सँग भेटघट गर्दै शीघ्र प्राप्त हुने सम्मानित राष्ट्रपति पातको लागि शुभकामना दिदै आफ्नो निर्वाचन क्षेत्रमा भएको समस्याहरूको समाधान बारे परामर्श गर्नुभएको छ।

गुप्ता मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५(२) को नेता मध्ये अत्यन्तै प्रतिष्ठीत तथा लोकप्रिय नेता मध्ये एक हो ।

गुप्ताको निर्वाचन क्षेत्र नेपाल भारत सीमावर्ती एरियामा भएको कारणले उक्त क्षेत्रमा भएको अनेक समस्याको विषयमा चर्चा तथा कुराकानी भएको गुप्ता निकट स्रोतले जनाएको छ ।

एक समयमा नेपालको पहिलो उद्योग विराटनगर जुटमिल लगाएत तीन दर्जन भन्दा बढी उद्योग तथा कलकारखाना भएको ठाउँ रानी मिल्स एरियमा बसोवास गर्ने गुप्ताले सर्वसाधारणको समस्याहरू बारे राष्ट्रियपति उम्मेदवार पौडेललाई अवगत गराउँदै समसामयिक विषयमा चर्चा गर्नुभएको स्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्