१३ बैशाख २०८१, बिहिबार
Tags

ईप्रका रानी (सीमा)द्वारा अवैध भारतिय रुपैया सहित २ जना पक्राउ

रणभूमी डेस्क शुक्रबार, फाल्गुण १९, २०७९

विराटनगर / मोरङको बिराटनगर-१५ स्थितबाट श्रोत नखुलेको अवैध भारतिय रुपैया सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । हिजो राती ११ बजे ईलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँचको क्रममा उनिहरुको साथबाट श्रोत नखुलेको भारतिय रुपैया ७ लाख २० हजार बरामद गरेको हो ।

श्रोत नखुलेको अबैध रकम बरामद भए संगै पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्