०८ बैशाख २०८१, शनिबार
Tags

धरानमा महिलाहरुको होली कार्यक्रम

रणभूमी डेस्क सोमबार, फाल्गुण २२, २०७९

सुनसरी / नेपाल अग्रवाल महिला मंच धरानले धरान स्थित श्री गीता भवनको सभाहलमा रंगारंग “”प्रेमरस होली उत्सव”” कार्यक्रम मनाएको छ।

उक्त कार्यक्रममा धरानभरीका सबै जातजाती एवं समाजका महिलावर्गहरुलाई आमन्त्रित गरिएको थियो। मंचकी अध्यक्ष इन्दु तोदीको अध्यक्षता, सुनिता अग्रवाल (रामनुरिया) को संयोजकत्वमा एवं सोनु अग्रवालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा १५० जनाको बाक्लो उपस्थिति रहेको छ।

कार्यक्रममा लावण्या, प्रिशा सुनिता कल्पना पिंकी, सीमा,दुर्गा ललिता अग्रवाल, नेहा, लता अग्रवालले पारम्परिक होली नृत्य प्रस्तुत गरे। त्यसै गरी याशिका,परी, सरिता,हुनर, तनिषा,सोनिका,इन्दु,पिंकी, कल्पना अग्रवालले विभिन्न वेषभुषा बनाई हास्य नाटक पस्के।अनु अग्रवालले चुटकिला,लक्ष्मी अग्रवाल, प्रेम जैनले सुरिलो भाकामा रसिला लोकगीतहरु प्रस्तुत गरे भने थुप्रै महिलाहरुले चंग बजाउँदै मगन भै झुम्मिदै समूहमा नृत्य गरे।
कार्यक्रममा लक्की ड्र मार्फत जित्ने तीन जनालाई आकर्षक पुरस्कार पनि दिइयो। कार्यक्रममा भाग लिने जति सबैलाई पुरस्कार बाँडिएको छ। कार्यक्रममा इटहरी मारवाडी महिला मंचकी अध्यक्ष एकता अग्रवाल एवं सचिव चाँदनी अग्रवालको पनि उपस्थिति थियो  ।चाँदनी अग्रवाललाई नेपाल अग्रवाल महिला संगठन (त.स.) द्वारा यसै वर्ष आयोजना गरिएको राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा हासिल गरेको प्रथम पुरस्कार स्वरुप ट्रफी एवं खदाले संगठनकी केन्द्रिय संयोजक इन्दु तोदीले सम्मान गरेकी छन्।

कार्यक्रममा सबेको लागी जलपानको पनि व्यवस्था मिलाइएको थियो। सहभागीहरु सबैले कार्यक्रमबाट आफुले निकै नै मनोरञ्जन पाएको कुराको जानकारी प्राप्त भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित