१४ बैशाख २०८१, शुक्रबार
Tags

लियोको युथ क्याम्प नाम्जेको थुम्किमा सम्पन्न

रणभूमी डेस्क सोमबार, फाल्गुण २९, २०७९

धनकुट्टा / हरेक वर्ष झैं यस वर्ष पनि लियो जिल्ला ३२५ सि ले युथ क्याम्पको आयोजना गरेको छ। क्याम्पको उद्घाटन सत्र धरान स्थित बिजयपुर क्लब हाउसमा जिल्ला गभर्नर लायन धिरज गुरुङको प्रमुख उपस्थितिमा सप्पन्न गरिएको छ ।

उक्त क्याम्प सागुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित थुम्की सामुदायिक होम स्टेमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि सप्पन्न भएको छ ।

पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै नेपाल टेलिभिजनको टावर भएको भ्यु प्वाइन्ट लगायत को अवलोकन गराइएको आयोजक समितिले जानकारी दिएको छ।

त्यसैगरी बेलुका क्याप फायर , नाचगान साथमा पाहुना सत्कारका लागि मगर जातिको बसोबास रहेको त्यस स्थानमा होम्स्टेको तर्फबाट मगर जातिहरुको सांस्कृतिक नाच हुर्‍रा प्रस्तुत गरिएको थियो।

त्यसैगरी दोश्रोदिन पनि लियो ट्रेजर हण्ट, लियो ट्यालेण्ट हण्ट प्रस्तुत गरी ग्रामीण जनता मा.वि.का बिद्यार्थिहरुलाई खेलकुद साथै स्टेसनरीका सामाग्रीहरु बितरण गरिएको थियो, युथ अवेरनेस कार्यक्रम, लियो क्लब अफ धरान बुढासुब्बाकी प्रेसिडेन्ट लियो मनिसा बिश्वकर्मा द्वारा विद्यार्थीहरुलाई सेल्फ डिफेन्स तालिम, थुम्कीका स्थानीयबासिहरुका लागि दन्त शिविर र आँखा शिविरको पनि आफुहरुले आयोजना गरेको जसमा स्थानीयहरु खुशी साथ शिविरमा उपस्थिति हुनुभएको क्याम्पका को अर्डिनेटर लियो मनिल दहालले जानकारी दिए।

आफुहरुले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि समेत सहयोग पुर्याउने उद्देश्यका साथ होम स्टे जाने बाटोमा स्वागत बोर्ड समेत राखेको क्याम्प सचिव लियो प्रेसिका निरौलाले जानकारी दिइन् ।

अन्त्यमा कार्यक्रमको समापन सत्र भने नाम्जे होम स्टेको सामुदायिक भवनमा गरिएको थियो जसमा विभिन्न लायन्स प्रतिनिधिहरु साथमा लियो क्लब चेयरमेन लियो लायन चांदबाबु इराकीको समेत उपस्थित रहेको थियो। त्यसैगरी इराकीले सम्पुर्ण सहभागीहरुलाई सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरेका छन् । त्यसैगरी सम्पु लियोहरुका अभिभावकका रूपमा रहेका इराकीले विभिन्न बिधाहरुमा बिजयी हुने सहभागीहरुलाई विभिन्न उपाधीहरुमा पुरस्कार गरेका लियो जिल्ला उपाध्यक्ष लियो नवराज सिंह खड्काले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित