१५ चैत्र २०८०, बिहिबार
Tags

जोगवनीमा अचेत भेटिएकी नेपाली महिलालाई आफन्तले भेटायो

रणभूमी डेस्क मंगलबार, फाल्गुण ३०, २०७९

विराटनगर / जोगवनी हटियामा अचेत अवस्थामा भेटिएकी महिलालाई आफन्तले जिम्मा लिएर लागेको छ ।

मंगलवार दिउँसो जोगवनीमा बेहोस भई अचेत अवस्थामा भेटिएकी महिलालाई जोगवनीका मानिसहरुले स्थानिय एक क्लिनिकमा पुर्याई महिलाको ज्यान जोगाएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ हाम्रो सञ्चार माध्यम रणभूमी डटकमको अफिसियल फेसबुक पेजमा सूचना जारी भएको केही घण्टामै महिलाको आफन्तले महिलालाई आफ्नो जिम्मामा लिएर लागेको हो ।


हाल महिला आफन्तको जिम्मामा रहेको र सकुशल रहेको जोगवनी निकट स्रोतले जनाएको छ ।

यसरी अपरिचित व्यक्तिको लागि सूचना अा-आफ्नो सामाजीक सञ्जाल मार्फत साझा (साभार) गरेर महिलाको ज्यान जोगिएको र आफन्त भेटाउन सजिलो गरिदिने त्यस्ता सहयोगी मानिसहरूलाई जोगवनीका मानिसहरूले आभार व्यक्त गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्