१५ चैत्र २०८०, बिहिबार
Tags

वैष्णवी धामबाट शंख ध्वनि, झाखी सहितको कलश यात्रा निकालेर सुरु गरियो महायज्ञ

रणभूमी डेस्क बुधबार, चैत्र ०८, २०७९

विराटनगर / सनातन युवा मञ्चको आयोजनामा विराटनगर १२ स्थित विश्व विराटेश्वरी मन्दिर वैष्णवी धाममा संगीतमय श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको विधिवत रूपमा कलश यात्रा र झाखी सहित शुरु भएको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र पछाडी विराटनगर १२ मा रहेको विश्व विराटेश्वरी मन्दिर वैष्णवी धाममा मन्दिरको प्रमुख संस्थापक संरक्षक गुरु आनन्द महाराजको सानिध्यमा हुन लागेको सप्ताह महापुराण ज्ञान महायज्ञको बुधवार मन्दिर बाट शंख ध्वनि, झाखी सहितको कलश यात्रा निकादै नजिकैको विभिन्न वडाहरु परिक्रमा गराई मन्दीर परिसरमै पुगेर कलश यात्रालाई विश्राम दिँदै महापुराण सुरु गरेकाे हाे ।

व्यासाचार्य प्रमुख वाचिका साध्वी पदमा श्री किङ्करी ज्यूको मुखरविन्दबाट भागवत कथा वाचन चैत ८ गते देखि १६ गतेसम्मको हुने शक्ति पिठका पिठाधिश गुरु आनन्द महाराजले बताउनुभयो ।

कार्यक्रममा चैत्र ९ गतेदेखि रामनवमीसम्म विहान ७ बजेदेखि १० बजेसम्म मण्डप पूजा, रुद्री चण्डी भागवत पाठ परायण हवनको कार्यक्रम हुनेछ । ११ बजेदेखि बेलुकी ४ बजेसम्म संगितमय भागवत कथा प्रवचन एवम् बेलुकी ७ बजे महालक्ष्मी कृपा प्राप्ती श्रृंगार आरती झाँकी प्रस्तुतीको साथै राती १० बजे सम्म महात्मये कथा हुने छ ।

त्यसैगरी चैत्र १५ गते लक्ष्य दिप प्रज्वलन एवं इच्छुक बटुकहरुको व्रतबन्ध साथै पितृ उद्धारको निमित्त दिप प्रज्वलन कार्यक्रम समेत राखिएको छ र चैत्र १६ गते पुराणको अन्तिम तथा रामनवमीको दिन भागवत तिलार्चन पूर्णाहुतीका साथ तिलक फूलपाती प्रसाद वितरण र गुरुदेवबाट आशिर्वचन सहित समापन गरिने आयोजकले जनाएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

यहाँ कमेन्ट गर्नुहोस्