२७ बैशाख २०८१, बिहिबार
Tags

एसएसबी द्वारा सय २ सय दरको नक्कली नोटको २ कारोवारी ४७ हजार नगद सहित पक्राउ

रणभूमी डेस्क बिहिबार, चैत्र २३, २०७९

जोगबनी / जोगबनीबाट भारु १०० र २०० रुपैयाँ दरको ४७ हजार रुपैयाँ नक्कली नोट सहित एसएसबीले दुई जनालाई पक्राउ गरेकाे छ ।

नक्कली भारु नोटको अवैध कारोवार भईरहेको विशेष सूचनाको आधारमा एसएसबी ५६औं बटालियन बाट खटेको सादा पोसाकको टोलीले २ जनाको साथ बाट नक्कली भारु नोट बरामद गरेको थियो ।

एक थान पल्सर मोटरसाइकल सहित भारु २०० रुपैयाँ दरको नक्कली नोट ११९ थान र १०० दरको नक्कली नोट २३२ थान समेत पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कार्वाही प्रक्रियाको लागि फारबिशगंज पुलिसलाई जिम्मा लगाउने एसएसबीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्