१६ चैत्र २०८०, शुक्रबार
Tags

पटना, सहरसा, सुपौल देखि जोगबनीसम्म इन्टरसिटी एक्सप्रेस सञ्चालन गर्ने निर्णयको स्वागत

रणभूमी डेस्क सोमबार, बैशाख ११, २०८०

जोगवनी / पटना, सहरसा, सुपौल देखि जोगबनीसम्म इन्टरसिटी एक्सप्रेस सञ्चालन गर्ने निर्णय प्रति जनताले रेलवे बोर्डलाई धन्यवाद दिँदै भारत नेपाल सामाजिक सांस्कृतिक मञ्च सह–भारत नेपाल रेल यात्री सहजीकरण समितिका अध्यक्ष राजेशकुमार शर्माले रेलवे बोर्डसँग माग गरेका छन् ।

जोगबनीबाट सुपौल, सहरसा हुँदै पटना जाने एक मात्र रेल कोशी सीमाञ्चलका विभिन्न स्टेसनमा स्टपेज नभएको भन्दै दुई देशका जनताले वर्षौं देखि यो रेल सञ्चालन गर्न माग गर्दै आएकाले धेरै सहज हुने बताए ।

कोशी सीमाञ्चलको राघोपुर, प्रतापगञ्ज, नरपतगञ्जमा नेपालका हजारौं घर सम्वन्धित हुँदा जनताले प्रत्यक्ष लाभान्वित हुने माग समितिका अध्यक्षले गरेका छन् । धरहराको महदेव स्थान र गणपतगञ्जको विष्णु मन्दिर पुग्ने मानिसलाई सहज हुनेछ ।

यस विषयमा आफ्नो धारणा राख्दै नेपाल भारत रेल यात्रु सहजीकरण समितिका अध्यक्ष शर्मा ले नेपालको ठूलो जनसङ्ख्याले रेल यात्रा रुचाउने भएकाले सो रेल सञ्चालन गरेपछि जोगबनी, महादेव मन्दिर, धरहराको विष्णु मन्दिरलगायतका मानिसले रेल सञ्चालन गर्ने बताए । कोशीको काखमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थलमा सजिलै पुग्न सकिन्छ जसले दुई देशको पर्यटन प्रवद्र्धनका साथै एकअर्काको सम्बन्धलाई अझ नजिकबाट बुझ्ने अवसर मिल्ने छ ।’

यहाँ कमेन्ट गर्नुहोस्