२८ बैशाख २०८१, शुक्रबार
Tags

रातिको २ बजे भारतीय गाडीबाट सशस्त्र प्रहरीले पक्राउ गर्यो १२० किलो लागुऔषध गाँजा

रणभूमी डेस्क बुधबार, बैशाख १३, २०८०

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ्गबाट खटेको टोलीले रातिको २ बजेको समयमा एक भारतीय नम्बरको गाडी बाट १२० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

वैशाख १३ गते मंगलबार राति २ बजेको समयमा बुढीगंगा गाँउ पालिका वडा नं. १ स्थित टंकीसिनुवारी चोकमा स.प्र.बल नेपाल नं. ३ गण हे.क्वा. टंकीबाट सशस्त्र प्रहरी निरिक्षक भुपेन्द्र काजी निरौलाको कमाण्डमा खटिएको ९ जनाको मोबाईल चेक प्वाईन्ट टोलीले ईटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ भी ७६४५ नम्बरको सेतो कालो रंगको स्कारपियो गाडीलाई चेकजाँच गर्न खोज्दा स्कारपियो नरोकी भागेको हुँदा शंकालागी पिछा गरेको थियो । स्कारपियोलाई पीछा गर्दै जाँदा विराटनगर १ स्थित नोबेल डेरी चोकमा स्कारपियो छाडी चालक फरार भएको थियो ।

पिछा गर्दै आईरहेको सशस्त्र प्रहरीको टोलीले उक्त गाडीलाई चेकजाँच गर्दा १२० वटा प्लाष्टिकको प्याकेटमा रहेको प्रतिबन्धित लागुऔषध गाँजा १२० के.जी फेला परेको थियो ।

पक्राउ परेको उक्त गाँजा सहित स्कारपियोलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बुधवार १२:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ्गलाई बुझाईएको स.प्र.बल नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङ्ग का निमित्त गणपति सप्रनाउ होमनाथ भट्टराईले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्