२७ बैशाख २०८१, बिहिबार
Tags

जहदा- २ मा मकै को खेत बाट फेला पर्यो ४२२ किलो प्रतिबंधित लागुऔषध गाँजा

रणभूमी डेस्क बुधबार, बैशाख १३, २०८०

विराटनगर / जहदा गाउँ पालिका २ बाट लागुऔषध नियन्त्रण ब्युरो को टोलीले ४२२ किलो प्रतिबंधित लागुऔषध गाँजा पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

बुधवार अपराह्न १२ बजेको समयमा प्राप्त भएको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोले जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा जहदा गाउँ पालिका २ बैरिया स्थित मजेबुल मियाँ को मकैको खेतमा १४ वटा बोरामा हाली लुकाई राखेको अवस्थामा ४२२ किलो ३३० ग्राम लागुऔषध गाँजा फेलापरेको थियो ।

बरामद भएको गाँजा कसको हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ भने उक्त गाँजा आवश्यक कारवाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्