१२ बैशाख २०८१, बुधबार
Tags

थारु मैथिलीकाे पहिलो फ्युजन “अहाँ जान छी हमर”

थारु मैथिलीकाे पहिलो फ्युजन "अहाँ जान छी हमर"

रणभूमी बिहिबार, साउन १४, २०७८

विराटनगर / श्रावण १४, स्थानीय स्तरमा बनेर पनि मैथिली गीतहरू स्तरीयता र हिसाबले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेकाे बेला निर्देशक राजु राजदेव चौधरीले निर्देशन गरेको नीरज चौधरी नायक राहेको “अँहा विन्दिया में चाँद लगैछी” गीतको अपार सफलता पछी भोली शुक्रवार यु ट्युब बाट प्रदर्शनको तयरीमा रहेकाे थारु र मैथिली काे बहु चर्चित गायक र गायिका मैथिली स्टार भनेर परिचित सन्नु कुमार र थारू भाषाको टप गायिक अनु चौधरीकाे आवाज रहेको डुईट प्रेम गीत “अहाँ जान छी हमर” मा नायक निरज चौधरी र नायिका दिया पाण्डे रहेका छन ।

सरोज मण्डलको शब्दले सजीएकाे उक्त गितमा अहिले सम्म डेढ दर्जन बढी चर्चित मैथीली र थारू गीतहरूमा नायक को रुपमा अभिनय गरेर चर्चामा रहेका मैथिली नायक नीरजकाे यो गीत पनि बिलकुलै नयाँ तथा मैथिलीमा फरक किसिमको स्तरीयताको हिसाबमा अन्तर्राष्ट्रिय बजारमा भोजपुरी गीत सँग समेत प्रतिस्पर्धा गर्न संस्कृति र सभ्यता झल्किने गरी निर्माण गरिएको निर्देशक राजु राजदेव चौधरीले बताएका छन । उक्त गीत भोली शुक्रवार सेविल इन्टनेटमेनट नाम गरेको यू ट्युब च्यानल बाट रिलिज हुने बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्