१५ बैशाख २०८१, शनिबार
Tags

शेखको निर्देशनमा दाईजो प्रथा विरुद्धको गित ‘बेटी प नै करु अत्याचार’ युट्युब मार्फत सार्वजनिक

रणभूमी डेस्क शनिबार, बैशाख ३०, २०८०

विराटनगर / हुसैन सेखको निर्देशनमा सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथाको विरुद्धमा तयार पारिएको ‘बेटी प नै करु अत्याचार’ बोलको गीतिनाटक शानिबार युट्युब मार्फत सार्वजनिक भएको छ ।

दाइजो प्रथा र चेली माथि हुने अन्यायविरुद्ध हुसैन शेखको निर्देशन तथा सम्पादनमा तयार पारिएको गीतिनाटकले सचेतनामूलक सन्देश दिने कोसिस गरेको छ । सत्य घटनामा आधारित विषयलाई समेटेर तयार गरिएको गीत १० मिनेट अवधिको सर्ट फिल्म नै भएको निर्देशक शेखले बताए ।

नेपालको पश्चिम भागमा व्याप्त दाइजो प्रथा र यसले छोरीहरुमाथि भइरहेको अन्यायका विरुद्धमा गीतले सचेतनामूलक सन्देश दिएको छ । भिडियोको कथा पनि सञ्चारकर्मी शेखले नै लेखेका हुन् ।
संचारकर्मी सेख एक दशक भन्दा बढी समयदेखि पत्रकारितासँगै मैथिली म्युजिक क्षेत्रमा गीतसंगीतको क्षेत्रमा पनि काम गर्दै आएका छन् ।

शेखले भने, ‘पत्रकारको जिम्मेवारी जनमानसमा सूचना प्रवाह गर्ने हो त्यससँगै मैलै मैथिली कला साहित्यको क्षेत्रमा सन्देशमूलक र चेतनामुलक सूचना प्रवाह गर्ने काम गर्दै आएको छु । यसैक्रममा आफ्नो जन्मभूमिमा भैरहेको कुनै प्रथाले महिला वा पुरुषमा भेदभाव, हिंसा, दाइजो प्रथा आदि विसंगतीकोविरुद्धमा आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेको छु ।’ उनले यसपछि पनि दोश्रो भाग लिएर बजारमा आउने बताएका छन् ।

कहानीरहित यस म्युजिक भिडियोमा मैथिली र भोजपुरी क्षेत्रका कलाकारहरु बिक्रम गुप्ता, काजल भुजेल, मुन्ना कुमार, बद्रि साह, राजु यादव, झोटन मेहता, बसुन्धरा झा, कन्चन, पत्रकार पवन साह, पत्रकार जुगेश दास, अप्सरा दास, बिरेन्द्र शर्मा, फारुक शेख, खुशी ठाकुर लगायत थुप्रै कलाकारहरुको सहभागिता र अभिनय रहेको छ ।

यस गीतको गीतकार भने समिर खान हुन् । उनी अहिले कतारमा छन् । समिरको लेखनमा अहिलेसम्म देशभरका कलाकारहरु र गायकहरुको साथमा लगभग पन्द्र सय भन्दा बढी गीतहरु सार्वजनिक भइसकेका छन् ।
गीतको छायांकन अजित दासले गरेका हुन् भने यस गीतमा ३ जना गायक र गायिकाले आफ्नो सुमधुर आवाज भरेका हुन्, गायक कुमार सुरज / गीता चौधरी / शशि झाले आवाज दिएका हुन् भने यसको संगीत प्रमोद र महेन्द्र माहिले दिएका हुन्।

जानकी मिडिया ग्रुप प्रालिको ब्यानर र बद्रि साहको लागानीमा बनेको गित कुन्दन फिल्म्स नामक युटुब च्यानलमा सार्वजनिक भएको छ।

गीत हेर्न तलको लिंकमा जानुहोस्

 

यहाँ कमेन्ट गर्नुहोस्