०७ जेठ २०८१, सोमबार
Tags

विश्व सेवा विस्तार संस्थाको सामाजीक लेखा परीक्षण सार्वजनिक

रणभूमी डेस्क बुधबार, जेठ १०, २०८०

विराटनगर / तथा मानव बेच बिखन विरुद्धको सक्रिय संस्था मानव सेवा विस्तार संस्थाले सामाजीक लेखा परीक्षण सार्वजनिक गरेको छ ।

विश्व सेवा विस्तार संस्था मानव ओसार पसार तथा बेचबिखन नियन्त्रण गर्नका लागि वि.स. २०७१ सालमा स्थापना भएको संस्था हो । नेपालका बिभिन्न बोर्डरमा रहेर मानव बेचबिखन बिरुद्धका अपराध कार्यहरु रोक्न र सो सम्बन्धित सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी एउटै उद्देश्य भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्ने उद्देश्य बोकेको यस संस्थाले नेपालको पूर्वी नाका विराटनगरमा रहेर कोभिड अघि २ वर्ष र कोभिड पछि कार्यसंचालन गरेको १ वर्षको विराटनगर महानगर पालिकाको १६ नं वडा स्थित हुलास चौकमा रहेको सामुदयिक प्रहरी सेवा केन्द्रको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लेखा परीक्षण सार्वजनिक गरेकाे हो ।

संस्थाका प्रबन्धक निर्देशकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विराटनगर महानगर पालिका वडा नं १५ र १६ को वडाध्यक्ष प्रकाश साह र उद्धव भुजेल, ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रनी प्रकाश रेग्मी सीमा सुरक्षा गुल्म रानी बाट सप्रनी सम्राज खड्का सामुदायिक प्रहरी सेवा केन्द्र मोरङ्ग अध्यक्ष मिना जोशी लगाएतको आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

संस्थाको उद्देश्यहरु मानव बेचबिखन रोकथाम कार्यमा सहायता गर्ने, मानव बेचबिखन रोकथाम गर्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, मानव बेचबिखनमा परी देश भित्र वा देश बाहिरका मुलुकहरुमा बिक्री भएका चेलीबेटीहरु तथा बालबालिकाहरुलाई उद्धार गर्ने, पीडितहरुको पक्षमा बहस, पैरवी, कानूनी सहायता पुऱ्याउने कार्य गर्ने, उद्धार भएकाहरुका लागि समाजमा पुर्नस्थापना गर्न सिपमुलुक तालिम तथा आत्मनिर्भर हुने कार्यक्रमहरु संचालन गर्ने, असाहय गरिब बालबालिकाहरुलाई आवश्यक बस्तुहरु जस्तै शैक्षिक सामाग्रीहरु, लगाउने विद्यालय पोषाक, खेलकुदका सामाग्रीहरु आदि वितरण गर्ने, शिक्षाबाट बर्ञचत गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति दिने, समान उद्देश्य भएका संघ संस्थाहरुसंग सहकार्य गर्ने, दैवी प्रकोप, महामारी वा विभिन्न कारणबाट विपतमा परेकाहरुलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, औषधोपचार लगाएत आधारभूत कुराहरुमा आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने रहेको छ ।

मानव सेवा विस्तार संस्थाले हाल सम्म सिमा अनुगमन, उद्धार तथा पुनर्स्थापनाको काम, परामर्श दिने, जनचेतना मुलक कार्यक्रमहरु गर्ने, मानव बेचबिखन तथा ओसारपसार विरुद्धका कार्यक्रमहरु गर्दै आईरहेको छ । हाल सम्म उक्त संस्थाले विभिन्न विद्यालयमा लैङ्गिक हिंसा साथै मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक कार्यक्रम, मानव बेचबिखन विरुद्ध अन्तर्राष्ट्रिय १६ दिने कार्यक्रम, अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने कार्यक्रम, २०७९ मंसिर २९ गते लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत १ दिने यली कार्यक्रम गरिसकेको सार्वजनिक गरेको छ ।

त्यसै गरी अन्य संघ संस्थाद्वारा आयोजना गरिएको कार्यक्रममा सहकार्य गरी सहभागी समेत हुनेगरेको आयोजकले बताए । सोही क्रममा २०७९ चैत्र १३ गते ईलाका प्रहरी कार्यालय रानी र सामुदायिक सेवा केन्द्र संग सहकार्य गरी मानव बेचबिखन विरुद्ध सिमा नाका रानी क्षेत्रमा कार्यक्रम गरेको बताए ।

संस्थाले २०२२ बाट चालु बर्ष २०२३ अप्रिल महिनासम्ममा संचालन गरेको मानव बेचबिखन विरुद्धको सिमा अनुगमनबाट जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई सो बिषयमा जनचेतना, परामर्श दिँदै ई.स.२०२२ मा संस्थाले प्रहरी कार्यालय र अभिभावक समेतको सहयोगमा १ हजार ८ सय ३० जनालाई सोधपुछ गरी घर फर्काईएको छ भने ७३ जना महिला तथा बालबालिकाहरुको उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको छ भने २०२३ मा ८ साय ५२ जनालाई सोधपुछ गर्नुका साथै ३७ जनालाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको सार्वजनिक गरेकाे हो ।

त्यसैगरी २०२२ मा २ जना र २०२३ मा १ जना चेलीहरुको उद्धार गरी उनीहरुको जाहेरी दरखास्त दिई ज.ज.क. मुद्दा दर्ता गरेको थियो ।

आगामी दिनहरुमा मोरङ्ग जिल्लामा पर्ने नाकाहरुमा अनुगमन गरी आगामी ३ वर्षमा १ हजार जना महिला बालबालिकालाई बेचविखनबाट जोगाउने, मानव बेचबिखान तथा ओसारपसार सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने, सिमामा उद्धार गरिएको कम्तिमा २० जना महिलालाई आत्मनिर्भर बनाउने र सिमामा उद्धार गरिएका बालबालिकाहरुले विद्यालय शिक्षा हासिल गर्ने इच्छा गरेमा छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्