१३ बैशाख २०८१, बिहिबार
Tags

साहकाे निर्देशनमा जय हो महादेव जाग जाग महादेव आउँदै

साहकाे निर्देशनमा जय हो महादेव जाग जाग महादेव आउँदै

रणभूमी बिहिबार, साउन १४, २०७८

बिरटनगर / श्रावण १४, मैथिली म्यूजिक भिडियोहरूको रफतारमा एउटा बेगलै पहिचान बनाउना सफल नृत्य निर्देशक संजय साहको श्रावण महिनामा बढी मांग भए अनुसारको शिव भजन छायांकन सकेर यू ट्यूब मार्फत प्रदर्शनको तयारीमा रहेको छ ।

साहले नृत्य निर्देशन गरेको गीत “साजन बनैबै कहिके पागल बनाके गेल” तथा “पिया पिया” बोलको गीतहरु यू ट्यूबमा दर्शकहरुले घेरै मनपराएर हुनाले उक्त गीतहरूको भाग १, २ र ३ गरी सीरीज निकालेर दर्शकहरुलाई सन्तुष्ट परिरहेको साहको निर्देशनमै थालिएको “जय हो महादेव” बोलको गीतले पनी दर्शकहरूले माया र स्नेह दिई मनपराउने लक्षय बोकर करीब डेढ़ लाख लगानीमा सम्पन्न गरेका छन । जस्मा निर्माता बद्री साह र रिजवान यादव राहेका छन भने गीत, संगीत, शब्द, स्वर सबै जागेस ठाकुरले दिएका छन । त्यसैगरी ड्रोन लगायत अन्य प्राविधिक सामग्रीहरू राजु सर्राफको रहेको छ । उक्त गीतमा कलाकारको रुपमा संजय साह, राजु सर्राफ, ज्याक र बद्री साह सहित धेरैलाई देख्न सकिन्छ। यो गित भिडियोकाे रुपमा मैथिली म्युजिक नामक यू ट्युब च्यानल बाट हेर्न सकिने साहले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्