०७ जेठ २०८१, सोमबार
Tags

बकरईद को चाँद देखियो

मो. अकील काशमी मंगलबार, आषाढ ०५, २०८०

ईस्लाम धर्मालम्वीहरुको महान चाड बकरईद पर्व सुरु हुँदै छ ।

जुन २० तारीख मंगलवारको दिन बकरईदको पहिलो चाँद देखिएको छ । जुन चाँद देखिएको दिन देखि १० दिनमा यानी जुन २९ तारीख को दिन ईदुलअझा को नमाज पढेर बकरईद मनाईन्छ । यो पर्व ३ दिन सम्म मनाउने चलन रहेको छ ।

बकरईद (ईद अल अधा) आजभन्दा लगभग चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानी (बलिदान) को सम्झना स्वरूप मनाइने पर्व हो । यही दिन देखि हिजरी संवतको नयाँ वर्षको सुरूवात हुनेगर्दछ ।

ईस्लाम धर्मका जो कोही मान्छे सँग साढे ५२ तोला चाँदी र साढे ७ तोला सुन सम्पतिको रुपमा छ त्यो व्यक्तिले कुर्बानी दिनुपर्ने धार्मिक मान्यता रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्