२७ बैशाख २०८१, बिहिबार
Tags

रानी नाकाबाट व्युरो टोलीद्वारा ब्राउन सुगर सहित एक जना पक्राउ

रणभूमी डेस्क सोमबार, साउन १५, २०८०

विराटनगर / भारतको जोगवनीबाट प्रतिबंधित लागुऔषध ब्राउन सुगर नेपाल ल्याउँदै गरेकाे अवस्थामा लागुऔषध नियन्त्रण व्युरोबाट खटेको टोलीले एक जनालाई पक्राउ गरेको छ।

सोमवार अपराह्न ४ बजेको समयमा विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरोको टोलीले विराटनगर महानगर पालिका वडा नं १५ स्थित रानी भन्सार नाकाको १ नम्बर ढाटबाट चेकजाँचको क्रममा ५ ग्राम लागूऔषध ब्राउन सुगर सहित धरान उपमहानगर पालिका को वडा नं १२ बस्ने वर्ष ४० को दिपक घिसिङ्ग तामाङ्गलाई पक्राउ गरेको हो । तामाङ्ग प्रतिबंधित लागूऔषध ब्राउन सुगर बोकेर को ३५ प ९७८४ नम्बरको मोटरसाईकलमा सवार भई नेपाल तर्फ आईरहेको थियो ।

पक्राउ परेका तामाङ्गलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले थप अनसन्धान तथा कारवाहीको लागि मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्