०७ बैशाख २०८१, शुक्रबार
Tags

भारतिय नोट सहित २ जना पक्राउ

भारतिय नोट सहित २ जना पक्राउ

रणभूमी बिहिबार, साउन १४, २०७८

विराटनगर / श्रावण १४, मोरङ विराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट प्रसनी शिव कटवाल काे नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतिय नोट सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जोगबनी अहमदपुर १६ बस्ने बर्ष ३० काे मो. ईमरान र सोही स्थान घर भएका बर्ष २० काे मो. कुबेर रहेका छन । आज दिउसो पौने १२ बजे भारतबाट नेपाल आउदै गरेका उनिहरुलाई साथबाट भारतीय नोट २००० को ७ थान, ५०० को १९४ थान, २०० को ४७ थान, १०० को ३६ गरी जम्मा भारतिय रुपैया १ लाख २४ हजार बरामद गरिएको छ ।

पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा लगि थप अनुसन्धान भईरहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्