२७ बैशाख २०८१, बिहिबार
Tags

मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेको स्वागत

रणभूमी डेस्क शनिबार, भाद्र १६, २०८०

विराटनगर / ट्राफिक व्यवस्थपन, सचेतना अभियान तथा दुर्घटना न्यूनीकरण गर्न स्थानिय सँग समन्वय र सहकार्य आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपाने ले बताए ।

नेपाली कांग्रेस विराटनगर महानगर समिति सदस्य तथा नेपाली कांग्रेस प्रचार,प्रसार समितिका जिल्ला सदस्य एवम् नेपाल सोनार समाज मोरङ्ग का अध्यक्ष, सक्रिय समाजसेवी महेश साह स्वर्ककार सहितको व्यक्तिहरूले मोरङ्ग जिल्ला प्रमुख भएर भर्खरै आउनुभएका ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेलाई शुक्रवार कार्यालयमै स्वागत तथा भेट्घाट गर्न पुगेका थिए । स्वागत तथा भेट्घाट को क्रममा मोरङ्ग जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेले दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियम सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम गर्न ट्राफिक प्रहरीको भुमिका र सक्रियतालाई अझ प्रभावकारी बनाउन जनमानसको आपसी सहयोग र समन्वय आवश्यक रहेको र सामाजिक रुपमा सहयोगको अपेक्षा समेत गरेकाे जिकिर गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेलाई स्वागत तथा भेट्घाट गर्न समाजसेवी श्वर्णकार सहित नेपाली कांग्रेस महासमिति सदस्य रामबाबु पासवान, नेपाली कांग्रेस ११ नं वडा सभापति रामसुन्दर राजवंशी, नेपाल भारत रेलयात्रु सहजीकरण समिति संयोजक राजेश कुमार शर्मा र सञ्चारकर्मी पवन विक्रम शाह लगायतको व्यक्तिहरू पुगेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित