१० आश्विन २०७८, आइतबार

जनकपुर विमानस्थलमा पूर्व उपप्रधानमन्त्री एवं संघीय साँसद राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ ।

संबाददाता: पुष्कर बसन्त

जनकपुर / श्रावण १४, जनता समाजवादी पार्टी (जसपा)ले निकालेपनि सयौं नेता कार्यकर्ता पुगेर साँसद महतोलाई स्वागत गरेका हुन् । उनको स्वागतमा मोटरसाइकल र्याली समेत निकालिएको छ । स्वागत गर्न पुगेका नेता कार्यकर्ताले राजेन्द्र महतोको पक्षमा नाराबाजी समेत गरेका थिए ।

साँसद महतोले उपेन्द्र यादव १८ महिनामा गर्न नसकेको काम आफूहरु १८ दिनमा गरेर देखाएको दावी गरे । संविधान संशोधनका लागि कार्यदल गठन र सयौं कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता गराउने लगायतका काम गराएको उनको भनाई थियो ।

धनुषा क्षेत्र ३ बाट संघीय साँसदमा निर्वाचित महतो दुई दिन जनकपुरमै बस्ने बताइएको छ । उनी आफ्नो क्षेत्रका विभिन्न योजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको यूवा नेता प्रशान्त झाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्