२७ बैशाख २०८१, बिहिबार
Tags

मानव वेचविखन विरुद्ध दिवसको अवसरमा आफन्त नेपालको हाजिरी जवाफ प्रतियोगिता

रणभूमी डेस्क मंगलबार, भाद्र १९, २०८०

विराटनगर / चेलीबेटी तथा मानव वेचविखन विरुद्धको संस्था आफन्त नेपालले राष्ट्रिय मानव वेचविखन विरुद्ध दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी सम्पन्न गरेकाे छ ।

आफन्त नेपाल शाखा कार्यालय विराटनगरको आयोजनामा मंगलवार जहदा गाउँ पालिका वडा नं १ बुद्धनगर स्थित श्री बुधेश्वरी मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको हो ।

हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा श्री बुधेश्वरी मा.वि.को ‘ग’ समूहलाई उत्कृष्ट प्रस्तुती गरेको मा स-सम्मान प्रमाण-पत्र समेत वितरण गरेकाे छ ।

कार्यक्रम आफन्त नेपाल संस्थाको शाखा प्रमुख माधुरी लिम्बुको अध्यक्षतामा सुरु भएको थियो जसमा प्रमुख अतिथि जहदा गाउँ पालिका वडा नं १ को वडा अध्यक्ष बाबुराम राजवंशी र विशिष्ठ अथितिमा ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरीक्षक सन्दिप वेल्वासे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्भु प्रसाद यादव , बबिता दाहाल, होम कुमारी मगर, लगायत अन्य अतिथीहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक जगरनाथ राय ले बताए ।

सामाजिक सञ्जाल तथा विभिन्न प्रलोभनमा नेपाली चेली, महिला तथा बालबालिकाहरू मात्र नभई रोजगारको बहानामा धेरै किशोर तथा पुरुषहरु पनि भारतमा बेचिन पुगेको धेरै घटनाहरू भईसकेको हुनाले त्यस्तो जोखिमबाट कसरी जोगिने भन्ने शिक्षाको उद्येश्यले आफन्त नेपालले जनचेतना जगाउने उद्येश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको शाखा की अध्यक्ष माधुरी लिम्बूले बताईन् ।

मानव बेचबिखनमा नपर्न तथा घटना वा अपराध हुन नदिन आफ्नो अनुभव साट्दै ईलाका प्रहरी कार्यालय रानी प्रमुख सन्दिप वेल्वासेले विद्यार्थीहरुलाई सचेत गराएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित