२७ बैशाख २०८१, बिहिबार
Tags

सशस्त्र प्रहरीद्धारा मोटरसाईकलको सिटमुनीबाट ९ लाख १७ हजार अवैध नेपाली रुपैयाँ बरामद

रणभूमी डेस्क शुक्रबार, भाद्र २२, २०८०

विराटनगर / सशस्त्र प्रहरीले भारतबाट आएको एक जना मनिसको साथबाट मोटरसाईकल को सिट मुनु लुकाई ल्याएको श्रोत नखुलेको नेपाली नगद ९ लाख १७ हजार ७ सय ५५ रुपैयाँ सहित पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी बाट शुक्रवार सशस्त्र प्रहरीको ४ जनाएको सादा पोसाकको टोलीले विराटनगर १४ स्थित मण्ठ पोखरी नजिकै छड्के चेक जाँच गर्ने क्रममा भारतको जोगवनी बाट विराटनगर १७ मटियरुवाको बाटो हुँदै नेपाल आएको विराटनगर-१४ बस्ने वर्ष २६ को कृष्ण चौधरीलाई उनी चढेको प्रदेश १-०२-०४९ प ४३६८ नम्बरको कालो रंगको होण्डा साईन मोटरसाईकल बाट चेक जाँचको क्रममा उक्त रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । चौधरीले मोटरसाइकलको सिट मुनि प्लास्टिकमा बेरेर रकम लुकाएर राखी नेपाल ल्याइरहेको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको चौधरीले १ हजार दरको नोट ७०१ थान, ५ सय रुपैयाँ दरको नोट ४३३ थान, एक सय रुपैयाँ दरको नोट २ थान, एक थान ५० रुपैयाँ र एक थान पाचँ रुपैयाँको नोट बरामद भएको थियो भने १ थान प्राईम कमर्सियल बैंकको क्रेडिट कार्ड र रियलमी ब्राण्डको एक थान मोवाईल सेट रहेको छ ।

सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि रकम सहित मानिसलाई राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको गुल्मले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्