२६ बैशाख २०८१, बुधबार
Tags

राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपालद्वारा तिजको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम

रणभूमी डेस्क शनिबार, भाद्र २३, २०८०

बिरगंज / राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल बिरगंज महानगर पालिका कमिटीको आयोजनामा नेपाली महिलाहरुको महान पर्व तिज विशेषको उपलक्ष्यमा सुभकामना आदानप्रदान कार्यक्रम आज बिरगंजको होटेल पुजनमा सम्पन्न भएको छ ।

बिरगंज महानगर कमिटी अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षतामा तथा केन्द्रिय अध्यक्ष अन्जु गुरुङको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्जोलित गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

बिशिस्ट अतिथि केन्द्रिय सदस्य एवं मधेस प्रदेश ईन्चार्ज सुमित्रा सापकोटा , माननीय निर्मला देवकोटा , गुड्डि जोशी , न्यु आजाद ईन्टरप्राईजेजका साजाद आलम , मनोकामना माबीका संगीता प्रधान , सन्चारकर्मि संतोषमान रन्जितकार , अजित भुजेल , मुनेश लायो मगर , जगत राई , सुनिल श्रेष्ठ, बिजय ठाकुर लगायतको सहभागीता रहेको कार्यक्रममा नगरकमिटी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य नगर कमिटी उपाध्यक्ष सुमन अधिकारीले र कार्यक्रम सन्चालन नगर कमिटी सचिब पिन्की गुप्ताले गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्