२७ बैशाख २०८१, बिहिबार
Tags

भारतीय गृहमन्त्री अमित शाह जोगवनी आउँदै

रणभूमी डेस्क बिहिबार, भाद्र २८, २०८०

जोगवनी / भारतको केन्द्रीय गृहमन्त्री अमित शाह सेप्टेम्बर १६ तारिखको दिन सरकारी कार्यक्रम अन्तर्गत पहिलो पटक अररिया पुग्दैछन्। यहाँ उनले जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) नजिकै सीमा सुरक्षा बल (बीजीएफ)को लागि निर्माण गरिएको आवास भवनको उद्घाटन गर्नेछन् । यो एसएसबी अफिसर र सिपाहीहरूको लागि बनाइएको जोगबनी आईसीपीका प्रबन्धक रत्नाकर यादवले बताए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

नेपाल भारत एकिकृत जाँच चौकी आईसीपीको २०२० मा उद्घाटन गरिएको थियो। आईसीपीको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जनवरी २०२० मा भिडियो कन्फरेन्समार्फत गरेका थिए । यद्यपि यस आईसीपीको शिलान्यास भारत सरकारका गृह राज्यमन्त्री मुल्ला पल्ली रामचन्द्रनले २४ जुन २०१० मा राखेका थिए। तर, एकीकृत जाँच चौकी जोगबनी तत्कालीन गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्