२७ बैशाख २०८१, बिहिबार
Tags

लागुऔषध खैरो हिरोइन सहित २ जना व्युरो टोलीद्वारा पक्राउ

रणभूमी डेस्क सोमबार, आश्विन ०८, २०८०

विराटनगर / लागूऔषध नियन्त्रण व्युरो को टोलीले रानी नाका बाट प्रतिबंधित लागुऔषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेकाे छ ।

सोमवार भारतको जोगवनीबाट नेपाल प्रवेश गर्दै गरेकाे अवस्थामा विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरोबाट खटेको प्रहरी टोलीले शंकास्पद दुई जनालाई चेक जाँच खान तलासी गर्दा खैरो हिरोईन ५८ ग्राम ७८० मिलिग्राम सहित सुनसरी ईटहरी -१२ बस्ने बर्ष ४० को सुशील कुमार साह र चितवन जिल्ला भरतपुर महानगर पालिका – १ बस्ने बर्ष ३२ को राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूको साथमा लागुऔषध खैरो हिरोइन सहित नगद रु. १० हजार ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनसन्धान तथा कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्