२६ बैशाख २०८१, बुधबार
Tags

एम्वुलेन्समा गाँजा तस्करी, एम्वुलेन्स सहित चालक ईप्रका रानीको नियन्त्रणमा

रणभूमी डेस्क बुधबार, आश्विन १०, २०८०

विराटनगर / विराटनगर महानगरपालिका-१८ बुद्धनगर, लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१ किलो ५ सय ग्राम लागुऔषध गाँजा र नगद नेपाली रुपैया ४० हजार सहित प्रहरीले पक्राउ गरेको हो ।

लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित एम्वुलेन्स र चालक धरान-११ बस्ने वर्ष ३८ को गंगा सरकार र सोही स्थानमा रहेको वि आर ३८ ए एफ ०३३६ नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्