२६ बैशाख २०८१, बुधबार
Tags

सशस्त्र प्रहरीले ८ लाख बराबरको (रेडियो ह्याण्ड सेट) वाकीटकी बरामद गरी गर्यो भन्सार दाखिला

रणभूमी डेस्क आइतबार, आश्विन १४, २०८०

राजविराज / सशस्त्र प्रहरी बल,नेपालले सप्तरीबाट ८ लाख बराबरको वायरलेस वाकीटकी पक्राउ गरी भन्सार दाखिला गरेको छ।

गत राती साढे १ बजेको समयमा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं २ मोहनपुरस्थित सीमावर्ती ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट छिन्नमस्ता सप्तरीबाट स.प्र.नि. समराज खड्काको नेतृत्वमा निस्केको मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेकाे १०० थान वायरलेस वाकीटकी बरामद गरेको हो । बाओफेङ कम्पनीको पोर्टेवल टु वे रेडियो टक ह्यान्ड सेट वाकीटकी एक कार्टुनमा हाली तस्करले नेपाल तर्फ ल्याउँदै गरेकाे अवस्थामा सशस्त्र प्रहरी निरीक्षक खड्का सहितको गस्ती टोली पुगेपछि तस्कर सामानको कार्टुन छाडेर भाग्न सफल भएको थियो । टोलीले कार्टुन खोलेर हेर्दा त्यसमा वायरलेस वाकीटकी भेटिएको थियो ।

एक सेटमा २ थान गरी जम्मा ५० सेटमा १०० थान रहेको वायरलेस वाकीटकीको भन्सार मूल्य ८ लाख रुपैयाँ कायम भइ भन्सार कार्यालय राजबिराज बेल्हीमा भन्सार दाखिला गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्