२७ बैशाख २०८१, बिहिबार
Tags

भारु नक्कली नोट सहित अन्सारी पक्राउ, २०० र ५०० दरको थियो नक्कली

रणभूमी डेस्क सोमबार, आश्विन १५, २०८०

विराटनगर / नक्कली भारु नोट लिएर सामान खरिद गर्ने एक जना मानिसलाई प्रहरीले पक्राउ गरेकाे छ ।

शनिवार विराटनगर -६ स्थित भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी ग्राहकले दिएको भारु नोट नक्कली भएको शंका लागि क्यास काउण्टर तथा भाटभटेनीको कर्मचारीले प्रहरीलाई खबर गरेको थियो ।

भारु नक्कली नोट बोकी सामान खरिद गर्न भाटभाटेनी पुगेका जिल्ला सनुसरी हरिनगरा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष ३४ को ईशान अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्सारीको साथबाट रु २०० दरको २० थान र रु ५०० दरको ७ थान नक्कली नोट गरी जम्मा ७ हजार ५०० नक्कली भारु रुपैयाँ बरामद भरको थियो ।

प्रहरीले अन्सारीले प्रयोग गरेको बा १६ च ७६१३ नम्बर को कार सहित अन्सारीलाई नियन्त्रणमा लिई मोरङ जिल्ला अदालत मोरङ्गबाट मुद्रा सम्बन्धी कसूरमा दिन ६ म्याद थप गरी थप अनुसन्धान कार्य गरी रहेको जिल्ला प्रहरी कार्यालयका मोरङ्गले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्