२७ बैशाख २०८१, बिहिबार
Tags

लागूऔषध र विष्फोटक पदार्थ लक्षित गरी नकामा तालिम प्राप्त कुकुर सहितको टोलीले चेकजाँच गर्दै

रणभूमी डेस्क शुक्रबार, आश्विन १९, २०८०

विराटनगर / दशैं तिहार चाड पर्व लक्षित नेपाल प्रहरीले रानी नाकामा तालिम प्राप्त कुकुर सहितको चेक जाँच सुरु गरेकाे छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अगुवाइमा ‘के नाईन’ प्रहरी कार्यालय धरानको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीले लागूपदार्थ र विष्फोटक पदार्थलाई लक्षित गरी तालिम प्राप्त २ वटा कुकुर सहित विराटनगर भन्सार कार्यालयको रानी नाकामा शुक्रवार देखि चेक जाँच सुरु गरेकाे हो ।

भारतको जोगवनी बाट अत्यधिक नेपाली युवा युवतीहरु लागुऔषध दुर्व्यसनमा लागेर फर्किने हुनाले त्यस्तालाई निरुत्साहित गर्ने र त्यस्तो दुर्व्यसनमा परेका मानिसहरूले लागूपदार्थ ओसारपोसार गर्ने हुनाले त्यस्तो मानिसहरूलाई कार्वाहीको दायरामा ल्याई दुर्व्यसनी नियन्त्रण र दशैं तिहार चाड पर्वमा भारतबाट पटका, आतिसबाजी तथा विष्फोटक पदार्थलाई नियन्त्रण गर्ने तालिम प्राप्त कुकुर सहितको चेक जाँच (डाग स्न्याचिङ) कार्यक्रम सुरु गरेको ईलाका प्रहरी कार्यालय रानी प्रमुख सन्दिप वेल्वासे बताउनुभयो । ईलाका प्रहरी कार्यालय रानीले ‘के नाईन’ प्रहरी कार्यालय धरानको सहयोगमा रानीको विभिन्न नाकाहरु रानी नाका, दरहिया, मटीयारुवा, इश्लामपुर र हुलास चौक लगायतका स्थानहरुमा चेकजाँचमा तिब्रता दिने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्